Skip This
सिटीलाई हराउँदै क्रिस्टल प्यालेस पहिलोपटक च्याम्पियन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Wednesday, 21 May, 2025
२o८२ जेठ ४ आइतबार o७:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिटीलाई हराउँदै क्रिस्टल प्यालेस पहिलोपटक च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार o७:४o:oo

क्रिस्टल प्यालेसले एफए कपको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा प्यालेसले साबिक इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई १–० ले हरायो । क्लब स्थापना भएको ११९ वर्षपछि ठुलो उपाधि जित्न सफल भएको हो ।

एफए कप जितेको पनि टोलीले पहिलोपटक हो । यता, सिटी भने सिजन २०२५ मा उपाधिविहीन भयो । यसअघि नै टोली च्याम्पियन्स लिग र प्रिमियर लिग जित्न असफल भएको थियो । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी एफए कपको फाइनलमा पनि सन्तोषजनक प्रदर्शन निकाल्न सकेन । 

लन्डनको वेम्बली रंगशालामा ८४ हजार समर्थकमाझ प्यालेसलाई जिताउन इबेरेची इजाले निर्णायक गोल गरेका थिए । उनले खेलको १६औँ मिनेटमा विजयी गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा सिटीले बराबरी गोल गर्ने अवसर त पायो ।

तर, ओमार मार्माैसको पेनाल्टी प्रहार प्यालेसका गोलकिपर डिआन हेन्डर्सनले बचाएका थिए । यसअघि बक्सभित्र हेन्डर्सनले एर्लिङ हाल्यान्डलाई हडाएपछि सिटीले पेनाल्टी अवसर पाएको थियो । खेलको ५८औँ मिनेटमा प्यालेसका डानियल मुनोजले गोल गरे पनि भिडियो सहायक रेफ्रीले मान्यता दिएनन् ।