१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २ शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १२:१३:oo

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार बिहान मक्कामदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । उनले  परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए। 
    
त्यस अवसरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्दिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राका लागि राष्ट्रपति भवनमा शुभकामनासहित बिदाइ गरिनु गौरवको विषय भएको बताए ।