
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।