Skip This
मधेशमा सुरक्षा सुदृढीकरण अभियान सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशमा सुरक्षा सुदृढीकरण अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १२:२६:oo

 सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले अनुशासित भएर काम गर्न निर्देशन दिएका छन्। कार्यभार सम्हालेकै दिनदेखि डिआइजी ढकालले सबै प्रहरी अधिकारी तथा सुरक्षाकर्मीलाई निर्देशित गर्दै भने, ‘आफ्नो कर्तव्यमा कमजोरी गर्नेलाई कुनै छुट छैन। नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमानदार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता हो।’ उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार र तस्करीजस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन्।   

सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा थप सतर्क, संयमित र सक्रिय रहन उनले निर्देशन दिए। ‘छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै, नेपाली भूमि आतंकवादी वा आपराधिक गतिविधिको केन्द्र नबनोस् भन्ने हाम्रो दृढ संकल्प हो,’ उनले बताए। 
 
डिआइजी ढकालले हालै पर्सा, बारा र रौतहटका विभिन्न सीमावर्ती क्षेत्रहरूको अनुगमन  बढाएका छन्।  उनले आफैँ स्थलगत अनुगमन गरेका छन्।  

सशस्त्र प्रहरी बललाई करछली, तस्करी, आपराधिक गिरोह र अवैध क्रियाकलापहरूविरुद्ध शून्य सहिष्णुता नीति लागू गर्न निर्देशन दिइसकेका छन्। उनले भनेका छन् कि ‘अपराध नियन्त्रणमा कुनै राजनीतिक वा सामाजिक दबाब मानिने छैन।’