Skip This
आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १ बिहीबार १२:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १२:१३:oo

गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौं महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार  आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गरे। केही वर्षअघि कमलपोखरीमा पनि यस्तै घटना भई एक कामदारको निधन भएको घटनाको स्मरण गराउँदै उनले बजारबाट वितरण भइरहेको ग्याँसको अनुगमन नभएको बताए।

काठमाडौंका भित्री शहरका ठाउँठाउँमा अग्नि नियन्त्रक राख्न पनि सांसद राजभण्डारीले माग गरे ग्याँस सिलिण्डर र पेट्रोल पम्पका कारण आगलागीको जोखिम बढेकाले यसबाट सुरक्षित हुने अवस्था निर्माणका लागि उनले  सरकारको ध्यानाकर्षण गराए। सांसद ठाकुर गैरेले आर्थिक अनुशासन कायम हुन नसकी बेरुजु वृद्धि भएर अर्थतन्त्रमा असर पर्न सक्ने भएकाले आर्थिक अनुशासन कायम गर्न माग गरे ।

 अहिले रु सात खर्ब ३३ अर्बभन्दा बढी बेरुजु वृद्धि भएको महालेखाको प्रतिवेदनमार्फत् सार्वजनिक भएको उनले उल्लेख गरे। अर्थ मन्त्रालयमै धेरै बेरुजु रहेको तथ्य बाहिर आएकामा सांसद गैरेले यस्तो अर्थतन्त्रले पर्न सक्ने प्रभावको विश्लेषण गरेर काम गर्न ध्यानाकर्षण गराए। सांसद देवेन्द्र पौडेलले धादिङबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटनामा  परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद अशोककुमार चौधरीले बुधबार मक्खनको आगलागीमा परी ८० वर्षीया वृद्धाको मृत्यु भएको घटना र आज बिहान सतुंगलमा भएको आगलागीले ठूलो धनको क्षति भएको बताए। आगलागी तत्काल निभाउन सबै स्थानीय तहमा दमकल छ कि छैन ? भनी प्रश्न गर्दै उनले भित्री शहरमा आगलागी नियन्त्रणका  व्यवस्था गर्न माग गरे । सांसद डा अमरेशकुमार सिंहले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा आपत्ति जनाउँदै सरकारले कानुन उल्लंघनन गरिरहेको बताए । दलीयभन्दा गभर्नरमा स्वतन्त्र व्यक्ति नियुक्त गर्न उनले माग गरे ।