Skip This
कोशी प्रदेशमा लागुऔषध, साइबर क्राइम, तस्करी र आर्थिक अपराध चुनौती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:o८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोशी प्रदेशमा लागुऔषध, साइबर क्राइम, तस्करी र आर्थिक अपराध चुनौती

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:o८:oo

सुरक्षा समीक्षा गोष्ठीले कोशी प्रदेशमा लागुऔषध, साइबर क्राइम, तस्करी, अराजकता र आर्थिक अपराध मुख्य चुनौती रहेको निष्कर्ष निकालेको छ । बुधबार कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आयोजनामा गृह मन्त्रालयले आयोजना गरेको प्रादेशिक सुरक्षा समीक्षा गोष्ठीमा सहभागी सुरक्षाकर्मीले लागुऔषध, साइबर क्राइम, तस्करी, प्राकृतिक स्रोतको अवैध कारोबारदेखि मिटरब्याज, लघुवित्त एवं सहकारी ठगी, चेक बाउन्स मुख्य चुनौती रहेको निष्कर्ष निकालेको हो । 

कोशी प्रदेशका १४ जिल्लाबाटै सहभागी प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी गोष्ठीमा समूहगत विश्लेषणपछि अपराध नियन्त्रण मुख्य चुनौती रहेको निष्कर्ष निकालेको हो । चुनौतीका रूपमा देखापरेका अपराधलाई सबै जिल्लामा संयुक्त सुरक्षा समितिले साझा एक्सन प्लान बनाएर नियन्त्रण गर्ने भएका छन् ।

सीमा सुरक्षा व्यवस्थापन, शरणार्थी समस्या, प्रहरी समायोजनमा ढिलाइ, डढेलो र ठुला आगलागी नियन्त्रण, कोशी प्रदेशको पुनः नामांकनका लागि हँुदै आएका विरोध कार्यक्रम, अति हिन्दुवादी, पहिचानको नाममा भइरहेका अपराध, विभिन्न आयोजनाको मुआब्जाका लागि हुने आन्दोलनले अपराध नियन्त्रणमा चुनौती थपिरहेको सुरक्षा गोष्ठीको निष्कर्ष छ ।

संविधानको रक्षाका लागि निर्मम हुन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम भएर सुरक्षा प्रदान गर्न निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी कुनै पनि खाले गतिविधि देशका लागि सैह्य नहुने भन्दै उनले लोकतान्त्रिक व्यवस्थाको कुनै विकल्प हुनै नसक्ने बताए । ‘वंशका आधारमा अब शासन गर्ने दिन गए । त्यो लोकतन्त्रमा कदापि सैह्य हुँदैन, यसैले संविधानको रक्षाका लागि तपाईंहरू सामूहिक रूपले निर्मम भएर लागिपर्नुहोला,’ लेखकले भने । दिगो शान्ति भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र समृृद्धितर्फ अगाडि बढ्न सक्ने भएकाले यसको रक्षाका लागि सबै सुरक्षा निकायले गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूर्ण रूपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने सुरक्षा निकायलाई चेतावनी दिए ।