Skip This
अहिलेका ‘लिडरसिप’लाई हावापानी र माटोले पनि अस्वीकार गरिसक्यो : भुसाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अहिलेका ‘लिडरसिप’लाई हावापानी र माटोले पनि अस्वीकार गरिसक्यो : भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार o९:३९:oo

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेका ‘लिडरसिप’लाई हावापानी र माटोले पनि अस्वीकार गरिसकेको बताएका छन् । अहिलेको ‘लिडरसिप’ मात्रै असफल भइसकेको हो कि राज्य संरचना पनि असफल भइसकेको भन्ने विषयमा मात्र गम्भीर विमर्शबाट निक्र्योलमा पुग्न जरुरी भएको उनको भनाइ छ ।

‘राजनीतिक दलहरूका अहिलेको लिडरसिपलाई नेपालको हावापानी र माटोले रिजेक्ट गरिसक्यो । जे उपायबाट पनि यिनीहरू फेरिँदैनन् भन्ने देखिएको छ,’ केही सञ्चारकर्मीसँगको बुधबारको भेटघाटमा उनले भने, ‘लिडरसिप मात्र होइन, पुरानो संरचनाकै पनि वेलै सकिएको त होइन भन्ने ठुलो प्रश्न छ, तर यसमा विमर्श गरेर निष्कर्षमा पुग्न जरुरी देखिएको छ ।’ 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मका नेताहरूको उपादेयता सकिएको निष्कर्ष सुनाए पनि भुसालले उनीहरूको नाम भने लिएनन् । राजनीतिक दलकै नेतृत्वमा भएको परिवर्तन र त्यसपछि बनेका संरचनाहरू राज्यले थेग्नै नसक्ने भएको हो कि के हो ? गम्भीर विमर्श जरुरी रहेको उनको भनाइ छ ।