Skip This
जेठ ७ गतेबाट टुँडिखेलमा सिप मेला आयोजना हुने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार १o:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेठ ७ गतेबाट टुँडिखेलमा सिप मेला आयोजना हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १o:३९:oo

काठमाडौं महानगरपालिकाले यही जेठ ७ गतेबाट काठमाडौंको टुँडिखेलमा सिप मेला २०८२  आयोजना गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि नारा दिएर महानगरले सिप मेला अहायोजना गर्न लागेको हो । कार्यक्रममार्फत सिप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएर बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने महानगरको उद्देश्य छ । 

आन्तरिक रोजगारीको सम्भावना देखाउने, सिप नभएर औपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई औपचारिक रोजगारी  र उद्यमका अवसर सिर्जना गर्ने, दक्ष जनशक्तिलाई राेजगारीका क्षेत्रसँग जोड्ने अपेक्षा मेलाले गरेको छ । इच्छुक व्यक्तिहरूलाई सहरी योजना आयोगको सचिवालयमा सम्पर्क गर्नसमेत महानगरले अनुरोध गरेको छ ।