Skip This
पत्रकार महतको निधनप्रति नेपाल पत्रकार महासंघद्वारा दुःख व्यक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महतको निधनप्रति नेपाल पत्रकार महासंघद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १३:१८:oo

पत्रकार फणिदेव महतको अल्पायुमै भएको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। महासचिव रामप्रसाद दाहालले बुधबार शोक विज्ञप्ति जारी गर्दै उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहिनेती, जुझारू, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको जनाएका छन्। 
 
करिब दुई वर्षदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका महतको ०८२ वैशाख ३० गते मंगलबार राति १०:३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो। स्वर्गीय महतका श्रीमती र दुई छोरा छन्।

करिब दुई दशकदेखि रौतहटबाट पत्रकारिता गरिरहेका पत्रकार महतले अन्नपूर्ण पोस्ट दैनिक र रेडियो सुप्रिमलगायतका सञ्चारमाध्यममा काम गरेका थिए। उनी पत्रकार महासंघ रौतहट शाखाका सदस्य थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहिनेती, जुझारू, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको महासंघले जनाएको छ। महासंघले  स्वर्गीय पत्रकार महतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।