Skip This
पाँच अर्बको ऋणपत्र ल्याउँदै निफ्रा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच अर्बको ऋणपत्र ल्याउँदै निफ्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:४७:oo

नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)लाई पाँच अर्ब रुपैयाँबराबरको ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री गर्न स्वीकृत दिएको छ । बोर्डले मंगलबार निफ्रालाई प्रतियुनिट एक हजार रुपैयाँमा ५० लाख युनिट ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । 

सात वर्षको समयावधि तोकिएको ऋणपत्रमा ६ प्रतिशत ब्याज दिनेछ । यसलाई बोर्डले ‘ग्रिन बोन्ड’ अर्थात् हरित कोषका रूपमा परिभाषित गरेको छ । यसले नेपालमा हरित अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ । नेपालमा पहिलोपटक हरित कोष जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।