Skip This
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए। 

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए।

 यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए।