Skip This
जिल्ला सदरमुकाम र पालिका पुग्न बाटो बनेपछि राक्सिराङवासीलाई राहत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:२६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जिल्ला सदरमुकाम र पालिका पुग्न बाटो बनेपछि राक्सिराङवासीलाई राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय पुग्नसमेत अर्को जिल्लाको बाटो हुँदै जानुपर्ने बाध्यता हटेपछि मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको तीनवटा वडाका बासिन्दा हर्षित बनेका छन् । पूर्वपश्चिम राजमार्गबाट मात्र आठ किलोमिटरको दूरीमा रहेर पनि मोटरबाटोले नजोडिँदा राक्सिराङ गाउँपालिका वडा नम्बर ६, ७ र ८ का बासिन्दा वर्षौंदेखि चितवनको राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्दै आएका थिए । अहिले मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका तीनवटै वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय दंग बनेका छन् ।

सडकको गत शनिबार कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानलगायतले उद्घाटन गरेका थिए । सांसद बानियाँले ०७४ को निर्वाचनका वेला उक्त क्षेत्रमा बाटो निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार नेता बानियाँले व्यक्तिगत पहलमा करिब चार महिना लगाएर मोटरबाटोको ट्र्याक खोलिएको मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताए । सडक सञ्चालनका लागि ट्र्याक खोल्न बानियाँले निजी एक्स्काभेटर उपलब्ध गराएका थिए । 

गाउँपालिका अध्यक्ष कालाखेतीले सांसद बानियाँको व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए । बाटो सञ्चालनमा आएसँगै मनहरी गाउँपालिकाको हाङलाङ, हिलेदमार र राक्सिराङकाको लोथर–पाङथलीलगायतका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको उनले बताए । स्तरीकरण भएसँगै अहिले सो सडकबाट सजिलै साना सवारी सञ्चालन हुन थालेको छ । सांसद बानियाँले आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने प्रतिबद्धता जनाएका छन् । मनहरी र राक्सिराङका जनताले भिरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।