Skip This
झापाको बाह्रदशीमा हावाहुरीले ५१ लाख बराबरको केराखेतीमा क्षति  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

झापाको बाह्रदशीमा हावाहुरीले ५१ लाख बराबरको केराखेतीमा क्षति  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी– ७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रूपमा नष्ट हुँदा करिब ५१ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हावाहुरीले बाह्रदशी– ७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेका छन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताए । 

हावाहुरीले झापा मेचीनगर नगरपालिका– १५, गाइनाबारीस्थित मेचीनगर– १०, धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रूपमा सञ्चालन गरेको कामक्ष इन्डस्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग)मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेका छाना उडाएको, सिसिटिभी क्यामेरा फुटाई करिब दुई लाख २० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका– ८ का ५५ वर्षीय दुर्गा प्रसाईंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलका ३५ वटा जस्तापाता पूर्ण रूपमा उडाएको र छानाको भागमा रहेका फलामका पाइपसमेत बांगिएर क्षति भएको छ । उक्त स्टोर हलको भित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेको छ भने करिब एक लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

यसैगरी, झापा हल्दीबारी गाउँपालिका– ४, बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना र बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रूपमा क्षति हुँदा करिब एक लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका– ४, संगम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढतले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार रुपैयाँबराबरको क्षति भएको छ भने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाका दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।