Skip This
दुवै सदनको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुवै सदनको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ मा बस्नेछ । 

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष ०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।