Skip This
पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
लुम्बिनीमा आयोजित बुद्धजयन्ती विशेष समारोहमा अतिथिको आसनमा सांसद विष्णु पन्थी (बायाँबाट पहिलो)
Invalid date format o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१o:oo
  • १० महिनादेखि प्रहरीको फरार सूचीमा रहेका एमाले लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी सोमबार प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा अतिथि थिए, तर मञ्चमा बसेको उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रधानमन्त्री आइनपुग्दै कार्यक्रमबाट बाहिरिए

विभिन्न आपराधिक घटनामा पक्राउ पुर्जी जारी भए पनि सत्तारूढ सांसदहरूले शक्तिको आडमा कसरी संरक्षण पाएका छन् भन्ने पुष्टि बुद्धजयन्तीको अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा एमाले प्रदेश सांसद विष्णु पन्थीले पनि गरिदिएका छन् । व्यापारीसँग सामान उठाएर पैसा नतिरेको आरोपमा १० महिनाअघि नै पक्राउ पुर्जी जारी भए पनि पक्राउ नपरेका पन्थीले प्रधानमन्त्री केपी ओली उपस्थित कार्यक्रममा अतिथि बनेर मञ्चमै आसन ग्रहण गरे । तर, फरार सांसद पन्थीलाई प्रधानमन्त्री नै प्रमुख अतिथि रहेको मञ्चमै अतिथिको हैसियतमा देखेपछि प्रहरी हेरेको हेर्‍यै भयो । 

पन्थी मञ्चको अगाडि लाइनमा राखिएको अतिथि सोफामा थिए । तर, मञ्चमा बसेको उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रधानमन्त्री आइनपुग्दै उनी कार्यक्रमस्थलबाट सुटुक्क बाहिरिए । 

विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट पाल्पाको सिस्नेस्थित एक हाइड्रोपावर कम्पनीका लागि सामान खरिद गरेर पैसा चुक्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पुर्जी लिएर पन्थीलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्र पठाएको थियो । तर, प्रहरीले फेला नपरेको बताउँदै आएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका राजपुरका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका हुन् । 

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले आफू यहाँको जिम्मेवारीमा भर्खरै आएकाले सांसद पन्थीको पक्राउ पुर्जीबारे अनभिज्ञ रहेको बताए । उनी कार्यक्रममा उपस्थित भएको विषयमा चर्चा भएपछि सोधपुछमा लागेको उनको भनाइ छ । ‘म यता (रुपन्देही) आएको ६–७ दिन मात्रै भयो, समाचार आएपछि सोधपुछमा लाग्यौँ । तर, जिल्लामा यस्तो पत्र आएको भेट्टाएका छैनाैँ । मातहतका युनिटमा सोधेँ, तर कतैबाट यसको पुष्टि भएन,’ उनले भने, ‘आज बिदा भयो, भोलि (मंगलबार) अफिस खुलेपछि यो पत्र कहाँ छ भनेर सोधखोज गर्छौं । अदालतबाट समेत जानकारी लिनेछौँ । पक्राउ पुर्जी जारी भएको व्यक्तिको स्थायी ठेगाना कपिलवस्तु हो, रुपन्देहीमा पत्र कसरी आयो हामी अनभिज्ञ छौँ ।’

फरार सूचीमा रहेका सांसद प्रधानमन्त्री उपस्थित कार्यक्रमको मञ्चमै अतिथिको हैसियतमा देखिएपछि गाइँगुइँ चल्यो । सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक भए । त्यसपछि सांसद पन्थी कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिएका थिए । तर, पन्थीले भने आफूलाई अदालतमा जवाफ दिने मौकासमेत नदिइएको बताउँदै पक्राउ पुर्जी जारी भएको विषयमा हिजोसम्म जानकारीसमेत नभएको दाबी गरे । 

‘पञ्चायतकालमा लाइसेन्स लिएर ४०–५० जना मिलेर हाइड्रो चलाएका थियाैँ, कम्पनीको अध्यक्ष र म्यानेजर अरू नै हुनुहुन्थ्यो । हामीले उक्त कम्पनी बिक्री गरिसकेका छौँ । तर, बदनाम गर्ने नियतले मेरो नाममा मुद्दा दर्ता भएको रहेछ,’ उनले भने, ‘अदालतमा मुद्दा परेको औपचारिक जानकारी पाएको भए हाजिर भएर जवाफ दिन्थेँ । तर, सबै काम गुपचुपमा गरेर मेरो बदनाम गर्न खोजिएको हो ।’