Skip This
एल क्लासिकोमा बार्सिलोनाको रवाफ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एल क्लासिकोमा बार्सिलोनाको रवाफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

एल क्लासिकोको रोमाञ्चक खेलमा रियल मड्रिडलाई ४–३ ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको उपाधिनजिक पुगेको छ । बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गर्दा लामिन यमल र एरिक गार्सियाले समान एक गोल गरेका थिए । रियलका केलिएन एम्बाप्पेले ह्याट्रिक गरे पनि टोलीको हार टार्न सकेनन् ।

अब, क्याटलान क्लब बार्सिलोनाले बाँकी तीनमध्ये एक खेल जिते पनि उपाधि जित्नेछ । हालसम्म स्पेनिस ला लिगाको उपाधि रियलले ३६ पटक जित्दा बार्सिलोनाको नाममा २७ उपाधि रहेको छ । बार्सिलोना एक सिजनपछि नै उपाधि फर्काउने योजनामा छ । सन् २०२३÷०२४ को सिजनमा रियलले उपाधि जितेको थियो । रियलले बार्सिलोनामाथि १० अंकको अग्रता बनाएको थियो । ३८ खेलमा रियालले ९५ र दोस्रो भएको बार्सिलोनाले ८५ अंक जोडेको हो । जिरोना तेस्रो भएको थियो ।  

बार्सिलोनाले यो सिजन भएको चार एल क्लासिको नै जितेको छ । यो बार्सिलोनाको एल क्लासिको कीर्तिमानी जित हो । ह्यान्सी फ्लिकले पहिलो सिजनमै क्लासिकोमा चारमा चार जित निकालेका छन् । अब यी दुई टोलीले लिगमा समान तीन खेल खेल्न बाँकी छ । ३५ खेल सम्पन्न हुँदा २६ जित निकालेको बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा छ । रियाल समान खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७० अंक छ । यससिजन रियल भ्यालाडोलिड, लास पाल्मास र लेगानेस रेलिगेसनको संघारमा छन् ।