१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
गगन अयडी बाजुरा
Invalid date format २१:४१:oo
Read Time : < 1 मिनेट
समाचार

बुढीगंगा समृद्धिका लागि २० वर्षे कार्ययोजना बन्दै 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

बुढीगंगा नगरपालिकाले समृद्धिका लागि विभिन्न आधार तयार गरी २० वर्षे कार्ययोजना बनाउने भएको छ। यसका लागि नगरपालिकाले शनिबारदेखि कचहरी कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा नगरप्रमुख रामबहादुर बानियाँले नगरपालिकाको समृद्धिका लागि विभिन्न आधार तयार गर्दै २० वर्षको कार्य योजना बनाउने उद्देश्यसहित विकास निर्माणमा अघि बढेको बताए। 

आर्थिक वर्ष ०८१/८२ को नगर नीति तथा कार्यक्रमले पनि ‘हाम्रो योग्यता, क्षमता र विज्ञान, हाम्रै नगरको विकासका लागि’ अभियान सञ्चालनमा जोड दिएको छ। नगरपालिकाको आर्थिक, सामाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्यलगायतका पूर्वधार विकासमा सुधार गर्ने उद्देश्यका साथ पालिकाका जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरूबिच बहस गरिने नगरप्रमुख बानियाँले बताए।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, सुरक्षित विकासको आधारको लक्ष्यसहित पालिकामा विकास कचहरी सञ्चालन गरिएको छ। समृद्धिका आधार तयार गर्न विषय क्षेत्रगत रूपमा पहिचान भएका सम्भावनालाई संस्थागत अभिलेखीकरण गर्ने, नगरपालिकाको विकास अवधारणा सार्वजनिक गर्ने, स्वच्छ मर्यादित राजनैतिक संस्कार विकासका लागि सामाजिक विकासका लागि मुख्य नेतृत्वलाई राजनैतिक रूपमा प्रतिबद्धता गराउनेलगायतका उद्देश्य लिइएको छ। 

शनिबारदेखि सुरु गरेको समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी २९ वैशाखसम्म सञ्चालन हुनेछ। विकास कचहरीबाट आएका सुझाव अन्तिम दिन २० वर्षका लागि सातबुँदे घोषणापत्र जारी गरिनेछ।