१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format o९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूगर्भविद्ले सुरु गरे जमिनमुनि भासिएको गाडी खोज्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२९:oo

गत शुक्रबार जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ। मंगलबार बिहान हेटौँडा आइपुगेको टोलीले काम थालेको हो । टोलीले घटनास्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रबारे अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागबाट चारजनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । 

विभागका भूगर्भविद नारायण अधिकारीले घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए । घटनास्थलको सतहमुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनले बताए । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाइ छ ।

म्याग्नेटो मिटरको  आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक)को अवस्था पत्ता लगाउने (डिटेक्ट) उनले बताए । गत शुक्रबार हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सिमानानजिकै गैरीगाउँमा भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बाेलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो ।

ना.४च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिन नै भासिएर जमिनमुनि बेपत्ता भएको थियो । लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।