१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘केई एक्सचेन्ज कार्निभल’ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

नेपालका लागि केई इभीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल ०८२’ आयोजना गर्ने भएका छन् । एक्सचेन्ज कार्निभल थापाथली, काठमाडौंमा २६ देखि २८ वैशाखसम्म सञ्चालन हुनेछ ।

कार्निभलमा जुनसुकै पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई इभीका तीन मोडेल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । यस कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारीसाधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु रहेको बताइएको छ । 

कार्निभलले सुविधा, बचत र उत्सवमा केन्द्रित हुँदै इभीका पारखी र उनीहरूका परिवारका लागि मनोरञ्जनसँगै केईका उत्पादनबारे जानकारी गराउने लक्ष्यसमेत राखेको छ ।

एक्सचेन्ज कार्निभल अवधिमा ग्राहकलाई उत्कृष्ट रिसेल मूल्यसहित विशेषज्ञ सवारी मूल्यांकन दिइने कम्पनीले जनाएको छ । साथै, केईले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सडक कर र बिमाको पूर्ण कभरेजसमेत प्रदान गर्नेछ ।