१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
२o८२ बैशाख २२ सोमबार १९:o७:oo
Read Time : < 1 मिनेट
प्रदेश

बागमती प्रदेशमा २४ वैशाखमा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १९:o७:oo

बागमती प्रदेश सरकारले २४ वैशाखमा सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसर पारेर उक्त दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारले ‘सरकारी कामकाजी भाषा ऐन ०७९’ कार्यान्वयनमा आएको दिन २४ वैशाखलाई ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् । 

यसअघि बागमती प्रदेश सरकारको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा भाषा दिवसको दिन पारेर सार्वजनिक बिदा दिने गरी प्रदेश सरकारको क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।