
नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित नाैजनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रतिस्पर्धा नगरी एक निर्माण व्यवसायीलाई मिल्ने गरी ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।
तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह र इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नासु सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समितिका संयोजक वीरेन्द्रकुमार प्रधान र सदस्यसचिव माधवी चौधरी र लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णुप्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ।