
अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पत्रकारलाई प्रदान गरिएको छ । कान्तिपुर दैनिकका मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशि एक लाख रुपैयाँ छ । खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्याएको योगदानस्वरूप पत्रकारद्वयलाई पुरस्कृत गरिएको फाउन्डेसनले जनाएको हो । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र फाउन्डेसनका अध्यक्ष जेनी पाठकले पत्रकारद्वय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।