१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
एजेन्सी कस्मिर
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारत–पाकिस्तान सीमाका  बासिन्दा सुरक्षित क्षेत्रतर्फ जान थाले

Read Time : < 1 मिनेट
एजेन्सी, कस्मिर
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दा सीमाबाट सुरक्षित क्षेत्रतर्फ बसोवास गर्न थालेका छन् । दुई देशका सेनाबिच सीमामा झडपका घटना वृद्धि भइरहेका वेला सीमाका बासिन्दा सुरक्षित क्षेत्रतर्फ सरेका हुन् । चेनाब नदीको किनारमा बसोवास गर्ने कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ । गाउँ प्रमुख सुखदेव कुमारले अधिकांश परिवार सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाई सरेका र शिविरमा करिब एकतिहाइ मात्र मानिस रहेको बताए । 

भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीबिचको सम्बन्ध बिग्रिएको छ । पहलगाममा अप्रिल २२ मा भएको आक्रमणपछि भारतीय प्रहरीले तीनजनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्र संघले उनीहरूलाई आतंकवादी घोषणा गरेको छ । उक्त घटनाका आक्रमणकारीलाई पाकिस्तानले संरक्षण गरेको नयाँदिल्लीले आरोप लगाउँदै आएको छ ।

भारतीय सेनाले शनिबार आफ्ना सैनिकले पाकिस्तानी सैनिकसँग कस्मिरसँगको सीमामा गोली चलाएको बताएको छ ।  सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कस्मिर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ ।