१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
एजेन्सी गाजा सिटी
Invalid date format o८:४७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

शरणार्थी शिविरमा हमला, बालिबालिकासहित ११ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, गाजा सिटी
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

 दक्षिणी गाजास्थित खान युनिस शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वर्षभन्दा कम उमेरका तीन शिशु पनि छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बास्सालका अनुसार आक्रमणमा ज्यान गुमाउनेहरू एउटै विस्तारित परिवारका सदस्य छन् । पहिचान भएका आठजनामध्ये एक वर्षका बालक, एक वर्षकी बालिका र एक महिनाको शिशु छन् ।

इजरायली सेनाका प्रवक्ताले आक्रमणको पुष्टि गरे । सो कारबाही ‘विद्रोही हमास सदस्यलाई लक्षित गरी गरिएको’ बताइएको छ । घटनास्थलमा उद्धारकर्मी र स्थानीय बासिन्दाले आक्रमणपछि खण्डहर बनेको भवनमा खोजी कार्य गरेका थिए । एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले भग्नावशेषबाट एक शिशुको शव बाहिर ल्याएको देखिन्छ ।

इजरायलले दुई महिनाको युद्धविरामपछि पुनः आक्रमण सुरु गरेको हो । उक्त युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ पछि पुनः सुरु भएको आक्रमणदेखि हालसम्म कम्तीमा दुई हजार ३९६ जनाको मृत्यु भइसकेको छ । कुल मृतकको संख्या ५२ हजार ४९५ पुगेको बताइएको छ ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको थियो । यस क्षेत्र मार्च २ देखि पूर्ण इजरायली नाकाबन्दीअन्तर्गत रहँदै आएको छ । इजरायलले हमासले मानवीय सहायतामा अप्ठ्यारो पारिरहेको आरोप लगाउँदै गाजामा सहयोग सामग्री पठाउने कार्य रोकेको छ । इजरायली पक्षले नाकाबन्दीले हमासमाथि बन्धकमुक्त गराउने दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताएको छ ।