१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा संकटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

संकटा फुटबल क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नवजनजागृति क्लव सिमरा बारालाई हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको हो।

शनिबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोलले हरायो। संकटाले नवजनजागृतिविरुद्ध खेलको ९ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि ममता पुन मगरले पहिलो गोलको खाता खोलेकी थिइन्। ममताले संकटाको लागि शनिवारको खेलमा ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै जेनिफर राना मगरले संकटाका लागि थप १ गोल गरिन्।

ममताले खेलको ९, २१, ३५, ६७औं मिनेट र अतिरिक्त समयमा गोल गर्दा जेनिफरले १३औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९औं मिनेटमा सान्त्वना गोल फर्काइन्।

खेलमा ५ गोल गरेकी संकटाकी ममता प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

जारी प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लव र रौतहट जिल्ला महिला टिमबीचको खेल हुनेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ। हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।