१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार १२:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगा नदीमा मनसुनजन्य अभ्यास, कृत्रिम घाइतेहरूको उद्धार  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १२:२६:oo

नेपाली सेनाको गोरख बक्स गण, सशस्त्र प्रहरी नम्बर ४९ गुल्म र नेपाल प्रहरीको टोलीले अछामको बुढीगंगा नदीमै गएर विपदजन्य पूर्वाभ्यास गरेका छन् । मनसुन नजिकिँदै गर्दा घाइतेहरुको उद्धार र प्राथमिक उपचारको अभ्यास गरिएको हो । साँफेबगरस्थित बुढीगंगा नदीको मोटरेबल पुलमा डोरी झुण्ड्याएर नदीमा फसेकाहरुलाई अवतरण गर्ने अभ्यासन गरिएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए ।

ठुला नदीमा बग्दै गरेका शव तथा घाइतेको उद्धारका लागी रबरबोट र सुधारिएको डुङ्गाको प्रयोग गर्ने तरीका समेत प्रदर्शन गरिएको गणपति अधिकारीले बताए। यी सँगै बुढीगंगा नदीको वारीपारि डोरी बाँधेर गरिएको उद्धारलाई स्थानीयले चासोका साथ अवलोन गरेका थिए । नमुना अभ्यासका क्रममा सेनानी अमृत खड्काको कमाण्डमा नेपाली सेनाका ३० जना, शसस्त्र प्रहरी निरीक्षक हंशराज जोशीको कमाण्डामा १७ जना र नेपाल प्रहरीका सात जनाको तालिम प्राप्त समुहले बाढी, पहिरो र भिरबाट लड्दा उद्धार गर्नेदेखि नदीले बगरेकाहरुको उद्धार गरेर देखाएको थियो।

उद्धारपछि उपचारको नमुना अभ्यासमा जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल र नेपाल रेडक्रस सोसाइटीको टोलीले घाइतेहरुको उपचार र एम्बुलेन्स मार्फत अस्पताल लैजाँदा अपनाउनुपर्ने सुरक्षाका बारेमा जानकारी गराएका थिए । करिब सातसय बढी स्थानीयहरु सहभागी कृत्रिम घटना अभ्यास अवलोन कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले यो अभ्यासले मनसुनका बेला आइपर्ने विपदको सामना गर्न सहज हुने बताए।

उनले सर्वसाधारण समेतले ज्ञान पाएकाले यो अभ्यासले फाइदा पुग्ने विस्वास गरे । यस्ता अभ्यासले नै उपलब्धि हासिल गर्न सहज हुने भएकाले मानिसहरुलाई यसैगरी व्यवहारिक ज्ञान सिकाउन आवश्यक रहेको उपप्रमुख कुँवरले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले विपद जुनसुकै बेला आउन सक्ने भएका कारण यस्ता अभ्यासहरुले विपदबाट हुने क्षती घटाउन सहयोग गर्ने बताए ।

जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा गरिएको मनसुन नमुना अभ्यासमा नेपाली सेनाका जमदार सुवर्ण खड्काले बाढी, पहिरो र नदीजन्य क्षतीले पारेको असर र त्यसका लागी उद्धार तथा राहतमा ध्यान दिँदा पुग्ने फाइदाबारे सहभागीहरुलाई जानकारी गराएका थिए । गोरख बक्स गणले अछाम जिल्लाका अन्य नौवटा स्थानीय तहमा विपद् न्यूनीकरण तथा प्रतिकार्य योजना अन्तर्रगत भुकम्प, आगलागी र भिरपहरामा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास सम्पन्न गरे पश्चात साँफेबगरमा मनसुनजन्य अभ्यास गरिएको हो ।

जिल्लाभर गरिएको कृत्रिम घटना अभ्यास तथा प्रशिक्षणमा करिब सातहजार बढी स्थानीयलाई यसबारे जानकारी गराइएको थियो । गत चैत महिनादेखि सञ्चालन गरिएको कृत्रिम घटना अभ्यास तथा प्रशिक्षणमा नेपाली सेनाको गोरख बक्स गणको ‘अभ्यास वैद्यनाथ’ नामक तालिम प्राप्त समुहमा करिब ४० जना बढी दक्ष जनशक्ति परिचालन गरिएको थियो ।