१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाइको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार ११:२६:oo

 पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाइको मृत्यु भएको हो। पोखरीमा नुहाउन गएका दाजुभाइ पोखरीमा डुबेर बेपत्ता भएको र पछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ। 

सुनवल नगरपालिका ६ विसासयनिवासी विष्णु कुँवरका दुई छोरा ११ वर्षीय विप्सन कुँवर र ८वर्षीय दिप्सन कुँवरको मृत्यु भएको हो। दाजु कक्षा ४ र भाइ कक्षा २ मा अध्ययनरत थिए। उनीहरू सुनवल ६, सगरमाथा टोलमा रहेको पोखरीमा नुहाउन गएका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।