
बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रको विकास एवं पहुँच विस्तार गर्दै आमनागरिकलाई लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य एवं साझेदारी महत्वपूर्ण रहेको बताएका छन् ।
विकास साझेदारसँग शुक्रबार गरिएको छलफलमा कार्यकारी निर्देशक सुवेदीले दुर्गम एवं ग्रामीण क्षेत्रका नागरिकलगायत सबैले लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउन साझेदारहरूले सहजीकरण गर्नुपर्ने बताए ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बिमा क्षेत्रमा सीमित साधन–स्रोतबाट अतिकतम उपलब्धि हासिल गर्न, काममा दोहोरोपना आउन नदिने गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।