१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी तर्न साँघुको भर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार ११:२६:oo

थासाङ गाउँपालिका– २ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदा सोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डकीमा पुल नहुँदा उनीहरूलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ । 

याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन्, तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ । बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र  स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हिराचनले बताए।

संघीय व्यवस्था प्रारम्भ हुनुअघि साबिक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन । स्थानीयको सहयोगमा बनाइएको पुलको आरसिसी पिल्लर बाढीले पुरेपछि हालसम्म पुल बन्ने लक्षण नदेखिएको उनकाे गुनासो छ । 

०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो । इलाइट रुविना कन्स्ट्रक्सनसँग रु. पाँच करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ– २ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।