मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १४ आइतबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार २o:४o:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षक र सुरक्षाकर्मीबिच झडपको स्थिति सिर्जना हुनुलाई दुःखद र चिन्ताजनक बताएका छन्। 

उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन नसक्ने बताउँदै घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले उनले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको पनि बताएका छन्। 

उनले भनेका छन्, ‘राज्यसँग आग्रह छ– शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्नेछ, त्यही गरौँ।