१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Thursday, 19 June, 2025
२o८२ बैशाख १३ शनिबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाम साँफेबगरको हाटबजारमा भीषण आगलागी, करोडौँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार १२:o६:oo

अछामको साँफेबगरस्थित हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर खरानी भएका छन्। शनिबार बिहान ३:४५ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो। जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफे हाटबजारस्थित शुभेच्छा मम सेन्टरबाट सुरु भएको आगोले सवा दुई घण्टामै १० वटा पसल जलेर खरानी बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीका कारण प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मम सेन्टरसहित गंगाबहादुर कुँवरको काल भैरव जनरल स्टोर, मकर कुँवरको रिभर साइड खाजा पसल, टीका कुवँरको ब्युटी पार्लर, राजेन्द्र कुँवरको डाँक मोबाइल ग्यालरी, दीपक सुनारको काल भैरव सुनचाँदी पसल, भीम कुँवरको रोडसाइड रेस्टुरेन्ट, सुमन कुँवरको इभी काउन्टर तथा पसल, किशोर भाटको खाजा पसल र स्थानीय सुरेश कुँवरको शीतल होटेल एन्ड गेस्ट हाउस जलेर तीन करोड ८६ लाख ६५ हजारकाे क्षति भएको छ ।

स्थानीयको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सवा दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । दमकल नहुँदा समयमै आगो नियन्त्रणमा लिन नसकेका कारण करोडौंको क्षति भएको हो । अछाममा मंगलसेन नगरपालिकाको मात्रै दमकल छ । उक्त दमकल मर्मतका लागि धनगढी गएको र विकल्पका रूपमा छिमेकी जिल्ला डोटीबाट मगाइएको दमकल ढिलो भएकाले समयमै आगो निभाउन नसकिएको हो । आगलागीले करोडौँको क्षति भएको विवरण संकलन गरिएको छ। गएको चैत्र २६ गते अछामकै बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीले ३५ पसल जलेर ८ करोड बढीको क्षति भएको थियो ।