१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Friday, 27 June, 2025
२o८२ बैशाख ८ सोमबार o७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाथीभरामा जिपमा करेन्ट : मावलीका हजुरबा, हजुरआमा र नातिनीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार o७:४८:oo

पाथीभरातर्फ गइरहेको जिपमा करेन्ट लागेर आगो लाग्दा ट्याक्सीचालकसहित चारजनाको मृत्यु भएको छ । जसमा एकै परिवारका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले बताए ।दुर्घटनामा दुईजना घाइते भएको उनले जानकारी दिए । 

प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उपचारका लागि ल्याइएकामध्ये ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य (सन्ध्या)को अवस्था गम्भीर रहेको बताइएको छ । उनका १० वर्षीय छोरा अभियव आचार्यको अवस्था सामान्य रहेको छ । 

पाथीभरा जाँदै गरेका ललितपुर महानगरपालिकानिवासी सविनाका छोरी १६ वर्षीय आध्या आचार्यको घटनास्थलमै  मृत्यु भएको प्रनि बस्नेतले जानकारी दिए । आध्याका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षका विनोद पौडेल, मावली हजुरआमा ६० वर्षकी सरिता पौडेल तथा सवारीचालक ताप्लेजुङको फुङलिङ नगरपालिका– १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए । उनलाई हेलिकाेप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिने तयारी रहेको सहायक प्रमख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् । पाथीभरा क्षेत्रको फुरुम्बु– १० तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताइएको छ ।