Skip This
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Wednesday, 17 September, 2025
२o८२ बैशाख ५ शुक्रबार १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १६:o५:oo

प्रधानमन्त्री केपी ओलीले ठुला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसँग विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन्।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज (शुक्रबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठुला दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रूपमा लागेका छौँ। तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस्। सबै मिलेर देश बनाऔँ।’ उनले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे। रासस