Skip This
विराट गोल्डकप : ट्राइब्रेकरमा  दिल्ली सुवेदालाई ५ –३ गोल अन्तरले हराउँदै एपीएफ विजयी  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o९:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विराट गोल्डकप : ट्राइब्रेकरमा  दिल्ली सुवेदालाई ५ –३ गोल अन्तरले हराउँदै एपीएफ विजयी  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o९:३५:oo

विराटनगरमा जारी अन्तराष्ट्रिय विराट गोल्डकपको  नवौं संस्करणको दोसो खेलमा   एपिएफ   विजयी बनेको छ  ।  विराटनगरको सहिद रंगशालामा मंगलबार सम्पन्न खेलमा विभागीय टिम  एपिएफले ट्राइब्रेकरमा    ५ – ३  गोल अन्तरले भारत दिल्लीको सुवेदा फुटबल क्लबलाई हराउदै सशस्त्र प्रहरी बलको  (एपीएफ) विजयी  बनेको हो ।

 ट्राइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको  प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले बचाउ गरेका थिए ।

 खेल सुरु भएको पहिलो हाफदेखी नै एफिएफले भारतको दिल्लीलाई चर्को  दबाबमा राख्ने प्रयास गरेको थियो । तर खेलमा  दबाबमा राख्न सफल भएपनि गोल गरेर परिणाम दिन भने सकेन । धेरैवटा सुन्दर  प्रहार गोलमा बदल्न नसक्दा एपिएफले समय खेर फाल्न बाध्य भयो । पहिलो हाफको ४९ औ मिनेटमा प्राप्त गरेको फ्रिकिक पनि एपिएफको सदुपयोग भएन । दिल्ली सुदेवाले पनि पटकपटक पाएको अवसरमा गोल गर्न सकेन  ।  

निर्धारित र थप गरिएको दश मिनेट समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टि शुट आउटमा गएको थियो ।  बुधबार गोल्डकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल  त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुँदैछ ।रिजालको मोरङले उद्घाटन खेलमा भारतको सार्थन समिति फुटबल क्लबलाई ३– २ गोल अन्तरले पराजित गरेको थियो । 

गोल्डकपको अन्तिम फाइनल खेल २८ फागुनमा हुनेछ । प्रतियोगितामा बिदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी छ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।