१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १८ आइतबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १८ आइतबार o६:oo:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मनुष्यका तीन मित्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १८ आइतबार o६:oo:oo

एक व्यक्तिका अत्यन्त मिल्ने तीन मित्र थिए । तीनै मित्रले जीवनभर उनको साथ दिए । कहिल्यै साथ छाडेनन् । रहँदाबस्दा उनको मृत्युको समय नजिक आइपुग्यो । उनलाई पनि आफू अब धेरै नबाँच्ने आभास भयो । त्यसैले एक दिन उनले आफ्ना तीनै मित्रलाई नजिक बोलाए र भने– मित्रहरू ! तिमीहरू तीनैले मेरो जीवनभर एकछिन साथ छाडेनौ । जहिल्यै साथ दियौ । अब मेरो जाने समय आयो । के अब तिमीहरूले मृत्युपछि पनि मेरो साथ दिन्छौ त ? 

पहिलो मित्रले भने– हेर मित्र मैले जीवनभर तिम्रो साथ दिएँ । तर, अब म तिमीलाई कुनै सहायता गर्न सक्दिनँ । म विवश छु । मेरो साथ पाउने आशा नगर । दोस्रो मित्रले भने– मृत्यु जीवनको अन्तिम र निर्विकल्प सत्य हो । त्यसैले, म तिम्रो मृत्यु रोक्न सक्दिनँ । मैले हरेक परिस्थितिमा तिम्रो साथ दिएको छु । त्यसैले, तिम्रो मृत्युपछिको अन्तिम संस्कार राम्रोसँग होस् भन्नेमा भने म विशेष ध्यान दिनेछु ।

तेस्रो मित्रले भने– ठिक छ मित्र, तिमी चिन्ता नगर । मैले जीवनभर त तिम्रो साथ दिएँ नै ! अब तिम्रो मृत्युपछि पनि म तिम्रो साथमै हुनेछु । म तिम्रो साथ छाडेर कतै जानेछैनँ । त्यसैले तिमी निश्चिन्त होऊ । 

मनुष्यका यी तीन मित्र हुन्– पहिलो धन, दोस्रो परिवार र तेस्रो कर्म । यी तीन मित्रमध्ये कर्म मात्र मृत्युपछि पनि मनुष्यको साथमै रहन्छ । त्यसैले, कर्म नै मनुष्यको असली मित्र हो ।