१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o९:२३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फोर नेसन्स कप : उपाधि भिडन्तअघि चलेका घरेलु खेलाडी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२३:oo

दरशथ रंगशालामा बुधबार नेपाल र म्यानमारबिच फोर नेसन्स कप च्याम्पियनसिपको उपाधि भिडन्त हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप तथा फिफा विश्वकपको तयारीका लागि प्रतियोगिता आयोजना गरेको हो । फिफा डेमा भइरहेको प्रतिस्पर्धामा नेपाली राष्ट्रिय महिला टोली तीनै खेलमा अपराजित रह्यो । राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले वरीयतामा आफूभन्दा ४८ स्थानमाथि रहेको म्यानमारलाई २–२ को बराबरीमा रोक्न सफल भयो । यद्यपि, वरीयतामा आफूभन्दा मुनि रहेका किर्गिस्तान र लेवनानसँग नेपालले समान १–० को जित निकाल्यो । प्रतियोगिताबाट नेपालले फिफा वरीयता सुधार्ने योजना बनाएको छ । वरीयतामा म्यानमार ५५ र नेपाल १०३औँ स्थानमा छ । प्रतियोगितामा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पाँच खेलाडी यस्ता छन्।

अन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक)
कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पो सुब्बा युरोपियन राष्ट्र ग्रिसको निस एस्ट्रोमिटौबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन् । दशरथ रंगशालामा चलिरहेको फोर नेसन्स कप ‘फिफा डे’मा भएका कारण उनी प्रतिस्पर्धा गर्न फर्किएकी हुन् । अन्जिलाले सुरुवाती दुई खेलमा ‘क्लिन सिट’ राखेकी छिन् । युरोपियन लिगको अनुभव सम्हालेकी उनले किर्गिस्तान र लेबनानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले दुवै खेलमा विपक्षीहरूको ’काउन्टर अट्याक’ सहज निस्तेज पार्न सफल भइन् । प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले फाइनलका लागि तयारी गर्न म्यानमारविरुद्धको प्रतिस्पर्धामा अन्जिलालाई रेस्टमा राखेका थिए । एक खेलअघि नै नेपाल फाइनलमा पुगेपछि तामाङले तेस्रो खेलमा दोस्रो रोजाइकी गोलरक्षक अञ्जना रानामगरलाई अवसर दिएका थिए । उपाधि भिडन्तमा नियमित गोलरक्षक अन्जिलाको परिक्षा हुनेछ । 

विमला विक (डिफेन्डर)
घरेलु महिला फुटबलमा एकनाशको प्रदर्शन गर्ने डिफेन्डर गीता राना हुन् । फोर नेसन्स कपमा विमलको प्रदर्शन सोचेअनुसार भएको छैन । उनी निर्णायक मोडमा चुकिरहेकी छिन् । म्यानमारविरुद्ध पनि त्यस्तै भयो । तर, अर्की डिफेन्डर विमला विकले भने सानदार प्रदर्शन गरिरहेकी छिन् । राइटब्याक खेलिरहेकी विमलाले तीनै खेलमा आफूलाई अब्बल साबित गरेकी छिन् । किर्गिस्तानविरुद्ध डिफेन्समा खासै दबाब नभएपछि प्रशिक्षक तामाङले सावित्रा भण्डारीलाई विमलाको स्थानमा मैदान उतारे । महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अक्सर राष्ट्रिय टोलीको बेन्चमा रहने विमलाले यसपटक प्लेइङ ११ मै अवसर बनाउन सफल भइन् । 

रेनुका नगरकोटे (मिडफिल्डर)
रेनुकाले फोर नेसन्स कपमा राम्रो कमब्याक गर्न सफल भइन् । यसअघि चोटका कारण उनको प्रदर्शन कस्तो हुने प्रश्न थियो । तर, पछिल्ला तीन खेलमा उनको प्रदर्शन १९–२० वर्षका युवा खेलाडीको जस्तै देखिन्छ । वर्तमान राष्ट्रिय टोलीमा रहेका २३ खेलाडीमध्ये रेनुका सबैभन्दा अनुभवी खेलाडीमा पर्छिन् । उनले तीन खेलमै ९० मिनेट मैदानमा बिताइन् । विपक्षीलाई कुनै पनि समय हाबी हुन उनले दिएकी छैनन् । प्रशिक्षक तामाङले पनि मध्यपंक्तिमा रेनुका र प्रीति राईमाथि विश्वास गरेका छन् । अट्याकर सावित्रा, रेखा पौडेल र रश्मि रानालाई गोल अवसर सिर्जना गर्नेदेखि डिफेन्समा गीता राना र समीक्षा घिमिरेलाई रेनुकाले दरिलो साथ दिएकी देखिन्छिन् । 

प्रीति राई (मिडफिल्डर)
फोर नेसन्स कपमा नेपाली खेलाडीमध्ये धेरै चर्चामा आएकी प्रीति हुन् । खासै नबोल्ने, तर मैदानभित्र भने उनको प्रदर्शन लोभलाग्दो छ । उनको खुट्टामा बल आएपछि विपक्षी खेलाडी सहजै पछि पर्छन् । मिडफिल्डमा उत्कृष्ट ड्रिब्लिङ गरी सहजै विपक्षी डिबक्ससम्म गोलका लागि अवसर सिर्जना गर्न उनी सिपालु छिन् । राउन्ड रोबिन लिगको अन्तिम खेलमा म्यानमारका खेलाडीले धेरै ट्याकल गरेपछि प्रीतिले त्यसको प्रतिकार गरेकी थिइन् । मैदानमा दुई–तीन खेलाडीलाई सहजै छलाउने तथा सटिक पास निकाल्न प्रीतिलाई रोक्न सक्दैनन् । म्यानमारविरुद्धको दोस्रो गोलमा उनको भूमिका महŒवपूर्ण थियो । अहिले २० वर्षीया प्रीति र रेनुकाबिच मध्यभागमा तालमेल मिलेको देखिन्छ ।

सावित्रा भण्डारी (स्ट्राइकर )
सावित्रा नेपालमा मात्र नभएर दक्षिण एसियाली महिला फुटबलकै एक नम्बर स्ट्राइकर हुन् । तीव्रगति, क्षरितो प्रदर्शन र उत्कृष्ट स्कोरिङका कारण उनी सधैँ चर्चित हुने गर्छिन् । फ्रान्सको लिगबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्राले किर्गिस्तानविरुद्ध प्राप्त थोरै समयमा पनि राम्रो गरिन् । त्यसपछि पूरै लेबनान र म्यानमारविरुद्ध नब्बे मिनेट मैदानमा बिताउँदा उनलाई रोक्न विपक्षी डिफेन्डरलाई मुस्किल परेको थियो । म्यानमारविरुद्ध उनले विजयी गोलै गरिन् । म्यानमारसँगको प्रतिस्पर्धामा दुईपटक पछि परेको नेपाललाई सावित्राले नै खेलमा फर्किइन् । यसक्रममा उनले एक गोल र एक असिस्ट गरिन् । १२ पटक नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगे पनि उपविजेतामै सिमित रह्यो । यसपटक उपाधि घरमै राख्ने उनको लक्ष्य छ ।