मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
विश्व

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

भारतको दिल्लीमा ५० वर्षीया रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्। भारतीय जनता पार्टीले बुधबार उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। 

हालै भएको विधान सभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले  ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो। तर, भाजपाबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन। पहिलोपटक विधान सभा सदस्यमा निर्वाचित भएकी गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्। 

उनले बिहीबार शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।