१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Friday, 09 May, 2025
२o८१ फाल्गुण २ शुक्रबार २२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी, दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार २२:१८:oo

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका- २ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका- ४ घर भई बनेपा नगरपालिका- ६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुवैजनालाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्तबराबरको रकम ठगी गरेको आरोप छ। क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुवैले रकम संकलन गर्न थालेका थिए। तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो।

न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे।

पक्राउ परेका दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ।