१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्टरस्कुल राष्ट्रिय स्केट हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

काठमाडाैं ज्ञान संस्कार इन्टरस्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुने भएको छ । आगामी २६ माघ शनिबार हुने सो प्रतियोगितामा चारदेखि १६ वर्ष उमेरका दुई सय बालबालिका सहभागी हुने ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी  निलम बानियाँ बडूले बताइन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार सो प्रतियोगितामा सहभागी हुनका लागि सातै प्रदेशका विद्यालयहरूमा खबर गरिएको छ ।  ‘यो नयाँ खेल भएकोले बालबालिकाले रुचाउने गरेका छन्, त्यसैले हामीले दोस्रो वर्ष पनि यो प्रतियोगिता आयोजना गरिरहेका छौँ,’ उनले भने, ‘यो प्रतियोगिता आगामी दिनमा पनि सञ्चालन गरिरहनेछौँ ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने भएको हुँदा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहने विश्वास पनि बडूकाे छ ।  
सो स्कुलले नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइनेछ भने द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइनेछ ।