१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका साउदी अरब
Invalid date format २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार

साउदी अरबमा एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, साउदी अरब
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

साउदी अरबको जेड्दा सहरमा एकजना नेपाली श्रमिकको मृत्यु भएको छ। जेड्दास्थित गान्दुर फुड फ्याक्ट्रीमा कार्यरत धनुषा हंसपुर नगरपालिका–३, कुम्भरा टोलका ३६ वर्षीय सुनीलकुमार कामतको मृत्यु भएको हो।

उक्त फ्याक्ट्रीमा रात्रिकालीन डिउटीमा कार्यरत कामत कार्यस्थलमै २८ जनवरीमा अचानक भुइँमा लडेका थिए। त्यसपछि उनलाई तत्काल उपचारको निम्ति न्यू अल जेदानी अस्पताल पुर्‍याइएको थियो। चिकित्सकका अनुसार कामतलाई मस्तिष्क घात भएको थियो। कोमामा रहेका उनको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ। उनी तीन वर्षदेखि उक्त कम्पनीमा कार्यरत रहेको आफन्त भरत कामतीले बताएका छन्।

कामत १२ वर्षदेखि साउदी अरबमा कार्यरत थिए। कम्पनीले शव नेपाल पठाउने विषयमा आफूसँग छलफल गरिरहेको र कागजात माग गरेको भन्दै कामतीले क्षतिपूर्ति, बक्यौता तलबलगायत भुक्तानी गर्ने प्रतिबद्धता जनाएको बताए।