१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
रासस काठमाडौं
Invalid date format o८:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झन्डै रु. ५६ अर्ब ८३ करोडबराबर खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु. दुई अर्बभन्दा बढीले कमी आए पनि शिक्षाको नाममा बिदेसिने रकम बढ्दो क्रममा रहेको छ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु. ५८ अर्ब ९५ करोडबराबरको रकम बिदेसिएको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु. एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ। गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय रु. ९२ अर्ब ८७ करोडबराबर थियो।

समीक्षा अवधिमा खुद सेवा आय रु. ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु. ४१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ३९ अर्ब ८२ करोड रहेको थियो।