मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format २३:२५:oo
Read Time : < 1 मिनेट
समाचार

जिन्दगीमा अनुभवबाट सिकेर नयाँ सुरुवात गर्न चाहन्छुः गायिका एलिना चौहान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:२५:oo

गायिका एलिना चौहानले दुई जनाले सल्लाह गरेरै सम्बन्ध बिच्छेदको बाटो रोजेको बताएकी छिन्। शुक्रबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा(फिराद पत्र) दर्ता गरेकी उनले शनिबार टिकटकमार्फत आफुले हतारमा बिहे गर्दा गल्ती भएको बताएकी छिन्। 

‘बिहे गर्नु हतारको डिजिसन थियो, हाम्रो प्रेम विवाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो धेरै खटपट हुन्थ्यो,’ उनले भनिन्,‘मैले के सोचें भने सहन्छु, चुप लाग्छु, एक न एक दिन त ठिक भइहाल्छ । तर, समय बित्दै जाँदा सोचेजस्तो भएन ।  सहन सकिन ।  पछि ठूलो दुर्घटना नहोस्, अहिले केही बिग्रिएको छैन भनेर यो डिसिजन गरेको हुँ ।’ 

आफ्ना श्रीमान विष्णु सापकोटालाई गाली नगर्न उनले फ्यानहरुलाई आग्रह गरेकी छिन्। आँखाभरी आसँु भरिएको भिडियोमा उनले भनिन् ‘उहाँलाई नराम्रो नभन्नुहोला, उहाँलाई गाली नगर्नुहोला, बरु मलाई गाली गर्नुस्, केही छैन, जिन्दगीमा कस्तो कस्तो भोगियो, कस्तो सहियो,खरानी भइसकेको मान्छेलाई आँगोसँग डर हुँदैन के ।’  

आफ्नो जिन्दगी बिगार्नेमा आफैं जिम्मेवार भएको उनको भनाई छ । उनले भनेकी छिन्,‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन, हिन्दु संस्कृतिअनुसार बिहे त सात जुनीसम्मको लागि भनेर गरेको हुन्छ । मुटु फुटाएर छोरीलाई कन्यादान दिने बाबुआमाले डिभोर्स होस् भन्ने चाहदैनन्।’ तर, डिभोर्सका लागि आफुलाई परिवारले एकदमै सहयोग गरेको उनले बताएकी छिन्। 

गायिका चौहानले गत ५ बैशाखमा बाग्लुङ घर घई अष्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन्। केही महिनामै उनीबिच सम्बन्ध बिग्रिएको थियो । सम्पत्ति नलिनेगरी उनले जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी हुन् ।