मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:२२:oo
Read Time : > 1 मिनेट
समाचार

२८ प्रहरी एसएसपीमा बढुवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:२२:oo

नेपाल प्रहरीका २८ जना प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा भएका छन् । एक साताअघि सिफारिस भएकाहरुको बुधबार गृहमन्त्रीबाट बढुवाको निर्णय भएको हो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति  भएका २८ जना प्रहरी अधिकृतहरूलाई बुधबार दज्र्यानी चिन्हद्वारा सुशोभित  गरेका छन् । 

    दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर ज.ब.रा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल  बढुवा भएका हुन्।  यसैगरी प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठको पनि बढुवा भएको छ ।

दज्र्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त  गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न निर्देशन दिए। 

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सकारात्मक सोच र उर्जाका साथ नागरिकको सेवा र संगठनको हितमा कर्तव्यनिष्ठ भई आ–आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

बढुवा भएका एसएसपीको पदस्थापन भने हुन सकेको छैन । बिहीबार पदस्थापन र केही एसएसपीको सरुवाको तयारी भइरहेको छ।