१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भूमिसम्बन्धी अध्यादेश नीतिगत भ्रष्टाचारः पूर्वसचिव त्रिताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अध्यादेशको आलोचना गरेका हुन्। 

उनले लेखेका छन्–

नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश । धिक्कार छ, भ्रष्टाचारका सरदारहरूलाई।

पूर्वसचिव त्रिताल भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन्। उनकै नेतृत्वमा भएको छानबिनमा आधारमा बालुवाटार जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएको थियो।


सरकारको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन्। अध्यादेशमा भूमिहीनलाई सार्वजनिक जग्गा दिने विवादास्पद प्रावधान छ। त्यस्तै, घरजग्गा व्यवसायीले हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न पाउने व्यवस्था पनि गरिएको छ। 

यो अध्यादेशले ठुलो मात्रामा सार्वजनिक जग्गा हिनामिना हुन सक्ने भन्दै आलोचना भइरहेको छ।