१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न सिडिओको अनुमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो । विरोध प्रदर्शनमा खटिएका प्रहरीलाई समेत उनले गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो । 

जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन् । उनका कार्यशैली विवादमा पनि पर्दै आएका छन्।