१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस काठमाडौ‌
Invalid date format २१:२९:oo
Read Time : < 1 मिनेट
समाचार

रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको मन्त्री गुरुङको स्पष्टोक्ति

Read Time : < 1 मिनेट
रासस, काठमाडौ‌
नयाँ पत्रिका
Invalid date format २१:२९:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको बताएका छन्। नेपाल मगर संघले आज काठमाडौ‌ंको टुँडिखेलमा आयोजना गरेको माघेसंक्रान्ति पर्वको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राखे। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन ६ वर्षभन्दा बढी समय लाग्ने गरेको बताए। ‘यसरी कानुनी प्रक्रियामै अल्झिँदा विकासमा अड्चन आइरहेको छ। यसले जनताको सेवामा बाधा पुग्नका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो,’ उनले भने, ‘त्यसैकारण जनतालाई सेवासुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो।’

मन्त्री गुरुङले अध्यादेशले सूचना प्रविधि (आइटी)सम्बन्धी व्यवसाय गर्नेहरूलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गरे। यस्तै, उद्यमीले सहुलियत पाउने, काममा आएका झन्झट, सार्वजनिक प्रशासनिक सेवाको ढिलासुस्ती हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अध्यादेश ल्याउनुपरेको उनले प्रस्ट पारे। 

‘अब उपरान्त तपाईं कुनै सरकारी कार्यालयमा पुग्नुभयो र तपाईंको काम सात दिनभित्र पूरा गरेन भने स्पष्टीकरण दिनुपर्ने वा कारबाही गरिनेलगायत प्रबन्ध गरेका छौँ,’ उनले भने, ‘गाउँपालिका वा नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष निलम्बन भए भने कसले प्रशासन चलाउने? यस्तो वेलामा गाउँ कार्यपालिका सदस्यहरू आफूमध्येबाट जुन व्यक्तिलाई छनोट गर्छ, त्यसैले पालिका चलाउन पाउने व्यवस्था राखेका छौँ।’ यसले जनताको सेवामा आउने अवरोध हटाउने मन्त्री गुरुङको विश्वास छ।