१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरमा पाँच दीपङ्कर बुद्धको नगर परिक्रमासहित सम्यक दान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२१:oo

भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा बौद्ध परम्पराअनुसार आज दिनभर बौद्ध धमावलम्बीले सम्यक दान पर्व मनाएका छन्। 

बौद्ध धर्मावलम्बीले ३५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष १ माघमा मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ आज भव्य रूपमा मनाइएको हो। सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको सो पर्वमा पाँच दीपकङ्कर बुद्धका मूर्तिलाई आ–आफ्नो महाविहारबाट विधिपूर्वक निकालेर दत्तात्रय, सुकुलढोका, दरबार स्क्वायर, दुधपाटी हुँदै जयकीर्ति विहार पुर्‍याइएको थियो। पाँच दीपङ्करलाई स्थानीय थथुबहीमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्रचार्यका करिब दुई हजार भिक्षुलाई प्रसाद, चामललगायत परिकार दान दिएर पर्व मनाइएको समितिका अध्यक्ष गणेश बज्रचार्यले जानकारी दिए। 

समितिले आजै पर्वका अवसरमा सोही स्थानमा आयोजना गरेको कार्यक्रममा ‘ख्वपया सम्यक महादान’ पुस्तक भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले सार्वजनिक गरे। कार्यक्रममा नगरप्रमुख प्रजापतिले ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको यो पर्वको संरक्षण गर्नुपर्ने बताए।