१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस काठमाडौं
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
समाचार

मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीनजनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ। 

प्रहरी प्रधान कार्यालयले शनिबार उक्त घटना विवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो।  

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। 

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो। 
प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलब ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलब ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ।