१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक दिन पनि थुनामा बस्नु परेन लेखा समिति सभापति पोखरेलकी श्रीमती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:४५:oo

सहकारी ठगीमा फरार रहेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक अन्जला कोइराला अदालतमा हाजिर भएकै दिन छुटेकी छिन्। बुधबार जिल्ला अदालत, मोरङमा उनी हाजिर भएकोमा एक दिनमै बयान, थुनछेक बहस र आदेश भएको हो । 

अदाललते १० लाख रुपैयाँ धरौटी मागेकोमा तत्कालै बुझाएर उनी रिहा भइन्। 

मोरङको धनपालथान गाउँपालिका– ४, कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगीमा प्रहरीले उनीसँग सामान्य सोधपुछ समेत नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। घरमै रहेकी उनलाई प्रहरीले पक्राउ गर्ने प्रयास समेत गरेको थिएन।

मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

गत २७ मंसिरमा जिल्ला सरकारी वकिल कार्यालय, मोरङले २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ बिगो दाबी गर्दै अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा  सहकारी सञ्चालक रोशन राजवंशीले मात्र अनुसन्धानमा सघाउँदै आफैं प्रहरी कार्यालय पुगेका थिए। उनलाई भने अदालतले पुर्पक्षका लागि कारागारमा पठाएको छ। अनुसन्धानमा असहयोग गरी फरार रहेका कोइराला र पूर्ववडाध्यक्ष सन्तलाल खवास  पछि अदालतमा उपस्थित भएकोमा उनीहरु भने धरौटीमा छुटेका छन् । खवाससँग अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको थियो । 

उक्त मुद्दामा अझै २३ जना फरार छन्। सहकारीका अध्यक्ष शम्भु रौनियारलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। रौनियार लेखा समिति सभापति पोखरेलका निकटस्थ हुन्। सोही आधारमा उनले श्रीमतीलाई पनि सहकारीको सञ्चालक बनाएका थिए। 

सो सहकारीले ऋणीहरुलाई झुक्याएर उनीहरुको धितो बैंक तथा लघुवित्तमा राखेर संगठित रुपमा ठगी गरेको थियो । तर, प्रहरीले संगठित अपराधमा अनुसन्धान गरेन । सत्ताको दबाबमा फितलो अनुसन्धान गरेको आरोप प्रहरीमाथि लागेको छ।