मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Monday, 04 August, 2025
२o८१ पौष २१ आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १३:५६:oo

नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदै छ ।  

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै, यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान–प्रदानमा सहयोग पुर्‍याउनेछ ।

चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म अर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूसँगको अन्तर्क्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन् ।